प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्ने भएको हो।
आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन्। कार्यसूची अनुसार पहिलोमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ।
यस्तै दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ। हाल नेपाली कांग्रेसमा रहेका सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो।
सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधिसभा पुनर्स्थापित गरेपछि गत साउन ३ मा पहिलो बैठक बसेको थियो।
































प्रतिक्रिया