राज्यमन्त्री श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा, डा.जागेश्वरको सरुवा प्रधानमन्त्रीले रोके

राज्यमन्त्री श्रेष्ठलाई पहिलो गाँसमै ढुंगा, डा.जागेश्वरको सरुवा प्रधानमन्त्रीले रोके

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय कोभिड अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमलाई सरुवा गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले खारेज गरिदिएका छन्। 

श्रेष्ठले सोमबार राज्यमन्त्रीस्तरीय निर्णयबाट डा. गौतमसहित केन्द्रीय कोभिड अस्पतालका चार पदाधिकारीलाई सरुवा गर्ने निर्णय गरेका थिए। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंले राखेका प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठले गरेको निर्णय कानुनप्रतिकूल देखिने भएकाले खारेज गरेको बालुवाटार स्रोतले जनाएको छ। 

डा. गौतमलाई प्रसूतिगृह सरुवा गरिएपनि देउवाको निर्णयपछि उनी मंगलबार साविकझैं वीर अस्पताल हाजिर भएका छन्। 

'मलाई काम नै वीर अस्पतालमा दिइएको हो। म यहिँ नै छु , जानै परे पनि अरुलाई जिम्मा लगाएर मात्र जान्छु।' डा. गौतमले केन्द्रबिन्दुसँग भने ।

स्वास्थ्य राज्यमन्त्री नियुक्त भएदेखि नै आलोचित बन्दै आएका श्रेष्ठका लागि यो सरुवा प्रकरण पहिलो गाँसमै ढुंगा भएको स्वास्थ्यक्षेत्रका जानकार बताउँछन्।

Skip This
Skip This
Logo