‘प्रधानमन्त्रीज्यू, सरकार बिस्तारको सवालमा हामीसँग कोचिङ पो लिने हो कि?’: तामाङ

‘प्रधानमन्त्रीज्यू, सरकार बिस्तारको सवालमा हामीसँग कोचिङ पो लिने हो कि?’: तामाङ

केन्द्रबिन्दु
0
Shares

पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सरकार गठनको तीन साता पुग्न लाग्दा समेत के कारणले मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै प्रश्न गरेका छन्। 

प्रतिनिधिसभको मंगलबारको बैठकमा सम्बोधन गर्दै एमाले नेता तामाङले आफूहरू १७ दिनमा मन्त्री बनेर काम गरेर विदा भएको अनुभव रहेको तर, तीन हप्ता लाग्दा सम्म के कारणले देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएन भन्दै प्रश्न गरे।

‘१९ दिनमा त सरकार गठन गरेर, मन्त्री बनेर, काम गरेर विदा भएका म स्वयं हुँ । पाँच पटक प्रधानमन्त्री बन्नुभएका हालका प्रधानमन्त्रीज्यूलाई सरकार गठन गर्न के कुराले दिएन, कि हामीसँग कोचिङ पो लिने हो कि ?

नेता तामाङले सत्तारुढ दलका सांसदहरू अधिकांश मन्त्री बन्न लालयित रहेको आरोप पनि लगाए। ‘उहाँहरू सबैजना खाली कुर्सी हेर्दै बोल्दै हुनुहुन्छ, आफू पनि अटाइन्छु कि भनेर’ तामाङले व्यंग गरे।

त्यस्तै, तामाङले ओली नेतृत्वको सरकारले त्यसबेला जनता आवास अन्तरगत दिने भनेको प्रति परिवार ५० हजार पनि देउवा नेतृत्वको सरकारले नदिएको भन्दै छिटो उपलब्ध गराउन ताकेता गरेका छन्।

Skip This
Skip This
Logo