राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडि बढाउने बताएका छन्।
आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए। पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिति संयोजकसमेत रहेका थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तिब्रता दिनसमेत थापाले सहभागीहरुलाई आग्रह गरे।
महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार , सर्वसत्ताबाद, धर्मपरिवर्तन, वेरोजगारका विषयमा सशक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए।
राप्रपालाई अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा थापाको जोड थियो। महाधिवेशन, स्थानिय निकाय निर्वाचन र संसदीय निर्वाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभाबकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो।
थापाको संयोजकत्वमा केही समय अघि परिचालन समिति गठन भएको थियो। आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। बैठकमा केन्द्रिय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान ,भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितिका सदस्यहरुको सहभागीता रहेको थियो।































प्रतिक्रिया