राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको आरोप लगाए । ‘भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागिएको छ,’ उनले भने, ‘लोकतन्त्र भनेको विधि र पद्धतिमा चल्ने शासन व्यवस्था हो । तर आज लोकतन्त्रको नाममा विधि र पद्धतिको धज्जी उडाइएको छ । अरुले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रुपमा जनताकोमा पुर्याउन सकेन ।’
सांसद भट्टराईले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताहरुले पनि हार्ने विचार राखे । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उनले त्यसलाई स्वीकार्न नसकिने बताए ।
वर्तमान सरकारले भूसिम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गरिब र निमुखाको विरुद्धमा लागेको उनको जिकिर थियो । सरकारले संसदलाई बिजनेश दिन नसकेको पनि उनले आरोप लगाए ।































प्रतिक्रिया