नेपाल विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएका छन् ।
बुधबार प्राधिकरणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफूलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि आफू तयार रहेको अभिव्यक्ति दिए।
शाक्यले आफू इन्जिनियरिङ क्षेत्रको व्यक्ति भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने जनाए । उनले भने, ‘मलाई अब अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोधिएको मात्र हो ।’
कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएपनि विद्धुतमा कुनै समस्या नहुने गरी काम गरेको पनि बताए । अघिल्लो वर्षभन्दा यस वर्ष कमै विदुधुत आपूर्ति रोकिएको पनि उनको भनाइ थियो । अस्पताललाई बिद्धुत नजाने गरी बस्दोबस्त मिलाएको तथा गएमामा पनि तुरुन्तै सञ्चालनमा ल्याइएको उनले प्रष्ट्याए।
यसविचमा ढल्केबर ४ सय केभी सबस्टेशनलाई नेपाल भारत ४ सय केभीमा सञ्चालनमा ल्याएको, खिम्ती ढल्केवर २ सय २० केभी सञ्चालन गरेको, अपर तामाकोशीको काम अगाडि बढाएको, पूर्ण विद्धुतीकरण भएका जिल्लामा १३ जिल्ला थपेको तथा कर्णालीमा पहिलोपल्ट ७ ग्रिडको विद्धुत पुर्याएको उनले जानकारी दिए ।





























प्रतिक्रिया