१५ पूर्वमहानिरीक्षकद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१५ पूर्वमहानिरीक्षकद्वारा प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

केन्द्रबिन्दु
0
Shares

पन्ध्र जना पूर्व महानिरीक्षकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन्। 

राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्च्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। 

पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीपशमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेजीको माग गरेका हुन्। 

राष्ट्रपति कार्यालय विस्तार गर्न अघिल्लो सरकारले महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठान अन्यत्र स्थानान्तरण गर्ने र त्यसले चर्चेको एकसय १४ रोपनी तीन आना जग्गा राष्ट्रपति कार्यालयको नाममा कायम गर्ने निर्णय गरेको थियो।

Skip This
Skip This
Logo