विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले उक्त निर्देशन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई दिएको हो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको, ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उनले बताए ।
त्यस्तै सरकारी एवं सुरक्षा निकायका भवनमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको तथा सुरक्षा निकायका भने २१६ वटामा सबै निर्माण सम्पन्न भएको जनाए । त्यस्तै पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण ९२० वटा गर्नुपर्नेमा ५८६ वटाको निर्माण सम्पन्न भइसकेको छ । सडक तथा खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । त्यस्तै शिक्षण संस्थाहरुको पुनर्निर्माणमा ७ हजार ५५३ वटा रहेकोमा ६ हजार ६४७ वटा सकिएको छ ।
ज्ञवालीका अनुसार १ हजार १ सय ९७ वटा स्वास्थ्यसंस्थामध्ये ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको, ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न सकेको छैन । चालु आर्थिक वर्षको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिनेछ । उनले बजेटको कारण काममा केही ढिलाइ भएको जानकारी दिए।































प्रतिक्रिया