एमाले नेता रघुजी पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताएका छन् ।
पन्तले भने, ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ । एमालेमा छौँ । प्रतिपक्षमा छौँ ।’ नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकपछि सञ्चारकर्मीको प्रश्नमा उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा सम्बोधन गर्दै पार्टी एकताको पक्षमा आफू प्रयासरत रहेको बताएका छन् । सहमतिको निम्ति वार्तामा अझैपनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहना भएको उनले जिकिर गरे ।
बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भिम रावलले १० बुँदे सहमतिको सम्बन्धमा ब्रिफिङ गरेका थिए । नेता रघुजी पन्तका अनुसार संस्थापन पक्षले पार्टी सदस्यता नविकरणको लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नविकरणको काम पार्टी एकता टुंगिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेका थिए । र, त्यसको सकारात्मक जवाफ आएको पनि रावलले जानकारी गराएका थिए । १० बुँदे सहमतिबारे विस्तृत जानकारी गराएर कार्यदल संयोजक भिम रावललले बुँदा बुँदामा व्याख्या गरेका थिए ।
बिहीबारको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए । शुक्रबार विहान ११ः ३० मा पुनः बैठक बस्ने नेता पन्तले बताए ।





























प्रतिक्रिया