पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदहरूको अपहरण, किनबेच, तानातान, मन्त्री पदको मोलमोलाई राजनीतिक भाइरसको संज्ञा दिंदै यो कोरोनाभन्दा खतरनाक भएको टिप्पणी गरेका छन्।
लुम्बिनी प्रदेशका सांसद विमला वलीले जारी गरेको विज्ञप्तिसहित सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै डा. भट्टराईले सांसदहरूको अपहरणलाई राजनीतिक भाइरसको संज्ञा दिएका हुन्।
'सांसदहरूको अपहरण, किनवेच, तानातान, मन्त्री पदको मोलमोलाइ। यो राजनीतिक भाइरस कोरोना भाइरसभन्दा पनि खतरनाक ढंगले हिजो त्यत्रो त्याग र बलिदानीपूर्ण आन्दोलनबाट आएका दलहरूमा फैलिनु आजको सबभन्दा ठूलो विडम्बना हो।' उनले भनेका छन्, 'समाज र राज्यको मुहान नै यसरी प्रदुषित भएपछि देश कसरी बन्छ? सबैले ममः भनौं।'































प्रतिक्रिया