सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। कार्यक्रम तय गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सिंहदरबारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा कार्यक्रम सार्वजनिक गरेका हुन्।
सार्वजनिक गर्नुअघि भने कार्यक्रमलाई नेताहरूले अनुमोदन गरेका थिए। शुक्रबार कार्यदलले कार्यक्रम तय गरेका हुन्।
खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाटै रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ, वर्षमान पुन र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव रहेका थिए।
कार्यदलले तय गरेको कार्यक्रमको आधारमा सरकार सञ्चालन हुने भनिएको छ। र, कार्यक्रमअनुसार मन्त्रिपरिषद् विस्तार गर्ने पनि सत्तारुढ गठबन्धनले जनाएको छ।































प्रतिक्रिया