म सल्लाहकार बन्ने दौडमा छैन: कांग्रेस प्रवक्ता शर्मा

म सल्लाहकार बन्ने दौडमा छैन: कांग्रेस प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक सल्लाहकार बन्न लागेको भनेर चर्चामा आएका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले 'सल्लाहकार' नबन्ने बताएका छन्।

सल्लाहकार बन्ने दौडमा समेत नरहेको उनले स्पष्ट पारे। सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति  स्टाटस लेख्दै शर्माले भनेका छन्, 'न माग छ, न आकाङ्क्षा।' 

केही अनलाइनहरूले पटकपटक नाम उल्लेख गरेपछि क्षमासहित प्रष्टिकरण दिएको बताए।

तर, सल्लाहकार नै नभए पनि झक्झक्याउने, त्रुटि औंल्याउने, सुझाव र साथ दिने व्यक्तिगतसँगै पार्टीगत कर्तव्य जारी रहने प्रवक्ता शर्माको भनाइ छ।

Skip This
Skip This
Logo