संवैधानिक राष्ट्रपतिको काम दलहरूबीचको अन्तरिक झगडा मिलाउनु हो ? : अध्यक्ष लोहनी

संवैधानिक राष्ट्रपतिको काम दलहरूबीचको अन्तरिक झगडा मिलाउनु हो ? : अध्यक्ष लोहनी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

नेकपा एमालेभित्र देखिएको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय भएको खबर सार्वजनिक भएसँगै अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि असन्तुष्टि जनउँदै प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लोहनीले प्रश्न गरेका छन्, के अब संवैधानिक राष्ट्रपतिको काम कर्तव्य दलहरुबीचको अन्तरिक झगडा  मिलाउनु हो ?

अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति कार्यालय भवनभित्र 'पार्टी विवाद मिलन केन्द्र' खोलेर त्यसको नेतृत्व गर्न लोहनीले राष्ट्रपतिलाई व्यांग्यात्मक सुझाव समेत दिएका छन् ।

Logo