पौडेल पक्षले आज जिल्ला सभापतिहरुकाे गोप्य भेला गर्दै

पौडेल पक्षले आज जिल्ला सभापतिहरुकाे गोप्य भेला गर्दै

केन्द्रबिन्दु
0
Shares

१६ भदौमा बोलाएको १४ औं महाधिवेशन नहुने अवस्था हुँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षिय सभापतिहरूको भेला आज हुने भएको छ।

 गोप्यरूपमा हुन लागेको भेलाबाट महाधिवेशनबारे धारणा तय गर्ने एक नेताले बताए। उनका अनुसार भेला दिउँसाे १२ बजेपछि ठमेलकाे एक हाेटलमा बस्नेछ। आजकाे भेलामा ४० जिल्लाका सभापतिहरूकाे उपस्थिती रहने बताइएकाे छ।

कांग्रेसमा क्रियाशील सदस्यताबारेको विवाद अझै टुङ्गिएको छैन। जबकि, साउन १२ गतेदेखि वडा तहको र १६ गतेदेखि पालिका तहको अधिवशन गर्ने कार्यतालिकामा उल्लेख थियो।

तर, क्रियाशील सदस्यता नटुङ्गिएपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।

शेरबहादुर देउवा नेतृत्वको कार्य समितिको कार्यकाल चार वर्ष भए पनि विधानअनुसारको ‘विशेष परिस्थिति’ को एक बर्से सुविधा प्रयोग गर्दै हाल संविधानप्रदत्त ६ महिने सुविधा कांग्रेसले प्रयोग गरिरहेको छ।

अब, २३ भदौसम्ममा पनि महाधिवेशन भएन भने कांग्रेस पार्टीकै वैधानिकता संकटमा पर्छ।

संकटबाट बच्नका लागि वरिष्ठ नेता पौडेलले विशेष महाधिवेशनको प्रस्ताव पनि गर्दै आएका छन्। त्यसबारे भने कांग्रेसले निर्णय गरिसकेको छैन। 

Skip This
Skip This
Logo