आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो। 

आजको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो। हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक नियमित रुपमा बस्दै आएको छ।

सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतबार सार्वजनिक गरेको छ। यससँगै अब छिट्टै मन्त्रिपरिषद् पनि विस्तार हुने बताइएको छ। आजको बैठकमा यिनै विषयमा छलफल हुन सक्ने बताइएको छ।

देउवाले गत असार २९ गते शपथ लिएका थिए । शपथ लिएको एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। यसले सरकारको आलोचना हुँदै आएको छ।

Logo