भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

भूमि आयोग विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको छ। 

आयोग विघटन असंवैधानिक भएको भूमि आयोगका निवर्तमान अध्यक्ष देवी ज्ञवालीको जिकिर छ। उनले आयोग विघटन गर्ने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।

अधिवक्ता प्रवेश केसीले दायर गरेको आयोग विघटनविरुद्धको मुद्दाको सुनुवाइ पनि खतिवडाकै इजलासमा हुँदैछ।

ज्ञवालीले आइतबार र केसीले शुक्रबार रिट दायर गरेका थिए। केही दिन अगाडि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली सरकारले आयोग गठनको उक्त आयोगलाई विघटन गरेको थियो।

Skip This
Skip This
Logo