नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल आमत्य स्मृति प्रतिष्ठानको भवनमा भएको बैठकले विधान संशोधन प्रस्तावमा केही परिवर्तन गरेको छ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको बुझिएको छ।
स्थायी कमिटीले गरेको निर्णय दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनेछ।
एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ। विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो। बैठकमा माधव पक्षको भने उपस्थिति थिएन।





























प्रतिक्रिया