नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकता कायम हुन्छ भने हदैसम्म लचक हुन तयार रहेको बताएका छन्।
उनले पार्टीमा एकता हुन आफूले कोशिस गरेको भएपनि माधव पक्षले त्यसलाई नबुझेको भन्दै यो भन्दा कति लचकता अपनाउनु पर्ने हो, म अरु लचकता अपनाउन तयार छु भनेका छन्।
अध्यक्ष ओलीले कर्णाली प्रदेशका एमाले जिल्ला अध्यक्षहरूसँगको शनिबारको भेटमा त्यस्तो मनसाय राखेका हुन्। अध्यक्ष ओलीले माधव नेपालले नै भेटवार्ताको लागि वातावरण नवनाएको र कपोलकल्पित शंकाले एकताको सम्भावना धुमिल बनाउदै लगेको पनि विचार राखे।
एमाले दैलेख जिल्ला अध्यक्ष रवीन्द्र राज शर्माले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै भने,‘ पार्टी जेठ २ अघिको अवस्थामा पुगिसकेको छ । माधव नेपालले कुनै शंका नगरी १० बुँदेलाई अक्षरस पालना गर्ने गरी पार्टीमा फर्किने अवस्था बनाईदिएको छु।’
कर्णाली प्रदेशका ९ जना अध्यक्षहरूले आईतबार बालकोट पुगेर ओलीलाई भेट गरेका थिए। भेटमा उनीहरूले पार्टी एकतालाई छिटो टुग्यांउन, आग्रह र कुण्ठा त्यागेर सबैले पार्टीलाई जोगाउनुपर्ने माग राखेका थिए।
जिल्ला अध्यक्ष शर्माले ओलीलाई पार्टीका आम कार्यकर्ताहरूको चाहना पार्टी एकता नै भएका कारण पार्टी एकता गर्न आवश्यक कदम चाल्न पार्टी अध्यक्षलाई आग्रह गरेको पनि बताए।
जवाफमा ओलीले आफूले सबै वातावरण बनाइदिएको तर घर घरमा गएर हातमा समातेर पार्टीमा ल्याउन नसक्ने जवाफ ओलीले दिएको पनि अध्यक्ष शर्माले केन्द्रबिन्दुलाई जानकारी दिए।





























प्रतिक्रिया