नेकपा एमाले संस्थापन पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो।
केन्द्रीय कमिटी बैठक अघि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो। स्थायी कमिटीको बैठकले विधान संशोधन प्रस्तावमा केही परिवर्तन गरी पारित गरेको छ।
विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए। त्यस्तै बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो।
दिउँसो साढे ३ बजेदेखि बसेको केन्द्रीय कमिटी बैठकले त्यसलाई पास गरे पार्टीको विधान संशोधन हुनेछ।
कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेका छन् । संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।
कार्यालय सचिव तामाङ्ले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिएका छन्।





























प्रतिक्रिया