एमसीसी संशोधनसहित पास हुनुपर्छः एमाले अध्यक्ष ओली

एमसीसी संशोधनसहित पास हुनुपर्छः एमाले अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीले वर्तमान सतारुढ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे मौन बसेको भन्दै प्रश्नसमेत उठाएका छन् । 

सोमबार केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले एमसीसीबारे अभिव्यक्ति दिएका हुन्। उनले नेकपा एमाले एमसीसी विषयमा स्पष्ट रहेको जनाउँदै भने,‘हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमसीसी सम्झौता संसदमा विचाराधीन छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एमसीसी सम्झौता यथास्थितिमै अनुमोदन गर्ने कि परिमार्जनसहित भन्ने विवाद भएको थियो । 

ओली सरकारको पालामा विवाद बढेपछि नेकपाले पूर्वप्रधामन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनाएको थियो । सो कार्यदलले एमसीसी सम्झौता परिर्माजन गरेर मात्र अनुमोदन गर्न सकिने राय दिएको थियो । 

Logo