सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा नजाने भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै जसपा सरकारमा सहभागी हुने भएको छ । आगामी भदौ १ र २ गते जसपाले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट नटुंगिएकाले तत्काल सरकारमा सहभागी सम्भावना नरहेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् ।





























प्रतिक्रिया