नेपाली कांग्रेसको रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरुको भेला आज पनि बसेको छ । यस अघि सोमबार पनि भेला बसेको थियो।
आजको भेला राजधानीको ठमेलस्थित होटल यात्रीमा बसिरहेको बताइएको छ। पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने माग गर्दै आएका छन्।
कांग्रेसको महाधिवेशन आगामी भदौ १६ बाट आयोजना हुने भनिए पनि यस अघिका सबै कार्यतालिका प्रभावित भइसकेको छ। यद्यपी पौडेल पक्षले भने भदौ १६ मै महाधिवेशन सम्भव रहेको बताउँदै आएको छ।
नेतृत्वलाई दबाबका दिनका लागिपौडेल पक्षको भेला बसेको हो। क्रियाशील सदस्यता लगायतका विवाद कायमै रहँदा कांग्रेसको महाधिवेशन प्रभावित भएको छ।































प्रतिक्रिया