कांग्रेस हिङ हो, हिङ बाँधेको टालो होइनः रमेशजंग रायमाझी

कांग्रेस हिङ हो, हिङ बाँधेको टालो होइनः रमेशजंग रायमाझी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले नेपाली कांग्रेस हिङ बाँधेको टालो मात्र नभइ वास्तविक हिङ भएको बताएका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै रायमाझीले विभिन्न समयमा कांग्रेसले मुलुकमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको उल्लेख गरे।

कम्युनिस्टहरूले दुई तिहाइ सरकार चलाउन नसकेपछि अहिलेको गठबन्धन सरकार बनेको भन्दै उनले यो सरकारलाई डेढ वर्ष काम गर्न दिन आग्रह गरे। ‘हामीले देखिसक्यौं, कम्युनिस्टहरूको कलहले कसरी दुई तिहाइको सरकार पनि चल्न सकेन, विभिन्न दलहरुको आग्रहमा मुलुककै प्रजातान्त्रिक दल कांग्रेसको नेतृत्वमा सरकार बनेकाले सबैले यो सरकारलाई काम गर्ने मौका दिनुपर्छ,’ उनले भने।

विगतमा कम्युनिस्टहरूले कांग्रेसको सरकार गठन हुनासाथ कर्मचारी आन्दोलनलगायत विभिन्न बितण्डा खडा गरेर अप्ठेरो पारेको प्रसंग उल्लेख गर्दै अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पूरा अवधि चल्न दिन उनले आग्रह गरे। कोभिड महामारीसँग जुध्न भ्याक्सिन तथा अस्पताल एवं स्वास्थ्य सामग्रीको उचित व्यवस्थापनका लागि उनले सरकारको ध्यानाकर्षणसमेत गराए। 

Skip This
Skip This
Logo