माओवादी सांसद श्रेष्ठको प्रश्नः भ्रष्टाचारविरुद्धको कारबाही कहाँदेखि थाल्ने?

माओवादी सांसद श्रेष्ठको प्रश्नः भ्रष्टाचारविरुद्धको कारबाही कहाँदेखि थाल्ने?

केन्द्रबिन्दु
0
Shares

माओवादी सांसद शशी श्रेष्ठले भ्रष्टाचारविरुद्धको कारबाही कहाँदेखि थाल्ने भन्दै प्रश्न गरेकी छिन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले जनप्रतिनिधि, कर्मचारी, नेता, न्यायाधीश, सेना, प्रहरी डाक्टर सबै भ्रष्ट भएको जनगुनासो आइरहेको बताइन्। उनले जहाँदेखि भए पनि कारबाही गरेको देखिनुपर्नेमा जोड दिइन्।

यस्तै, नागरिकको जीवन रक्षा राज्यको पहिलो कर्तव्य भन्दै खोप कहिलेसम्म आपूर्ती हुन्छ भनेर सोधिन्।

उनले बाढीपहिरो पीडितहरू अझै पनि खुल्ला आकाशमुनी रहेको भन्दै उनीहरूका लागि के गरिँदै छ ? जवाफ दिनुपर्ने भनेकी छिन्। 

Skip This
Skip This
Logo