मन्त्री बन्न हिरिक हिरिक हिरिक भएका छन्, प्लीज मन्त्री बनाइदिनुहोस्ः ओली

मन्त्री बन्न हिरिक हिरिक हिरिक भएका छन्, प्लीज मन्त्री बनाइदिनुहोस्ः ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय सांसदहरूलाई मन्त्री बनाउन बिन्ती गरेका छन्।

मन्त्री बन्न हिरिक हिरिक हिरिक भएको, पछिपछि कुदेर स्वाँ स्वाँ र फ्याँ फ्याँ भइसकेकाले जसरी पनि मन्त्री बनाइदिन आग्रह गरे।

ओलीले त्यसबाट घाटा भए सहुँला/बुझुँला भने। 

‘सम्माननीय प्रधानमन्त्रीज्यू, मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू, तिनीहरूलाई मन्त्री दिनुहोस् न, किन विलम्ब गर्नुभएको? हिरिक हिरिक हिरिक भएका छन्। विचराहरु मन्त्री खानका लागि। प्लीज…पछिपछि हिँड्या छन् हिँड्या छन् कुद्या छन्। फ्याँफ्याँ भएका स्वाँस्वाँ गर्या छन्। मन्त्री खान पाउँ भन्या छन्। बिहान बेलुकी चाकरीमा हाजिर भएका छन्। मन्त्री दिुनहोस् प्लीज। मेरोतर्फबाट अलिकति घाटा भए पनि सहुँला बुझुँला’ले ओलीले कटाक्ष गर्दै भने।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता चार हजार दिने गरिएको र त्यसमा १ रूपैयाँ घटना नपाउने र त्यसमा नहिचकिचाउन चेतावनी दिए।

यस्तै उनले देशमा मेडिकल हब बनाउन सरकारलाई आग्रह गरे। 

Skip This
Skip This
Logo