५० हजार कोभिड खोप चोरी !

५० हजार कोभिड खोप चोरी !

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी ढिकुटीबाट ५० हजार कोभिडविरुद्धको खोप चोरी भएको भनिएकोबारे सरकारसँग जवाफ मागेका छन्।

उनले खोप चोरी भइ प्रति ५० हजार रूपैयाँमा कालोबजारी भइरहेको जानकारीमा आएको बताए।

सत्य हो कि होइन? सरकारले जवाफ दिनुपर्ने बताए।

उनले नेपालका अधिकांश निजी मेडिकल कलेजहरूमा सरकारमा गएका नेताहरूको लगानी र संरक्षण भएको हुँदा माफियाहरूले विद्यार्थी भर्ना कोटा बढाउनेदेखि निर्धारित भन्दा लाखौं लाखौं पढाइ शुल्क उठाइरहेको आरोप लगाएका छन्।

उनीहरूलाई कहिले कारबाही हुन्छ? प्रतिनिधि सभा बैठकमा मंगलबार बोल्दै सांसद सुवालले भने।

यस्तै, ओरियन्टल सहकारीले जनताको सात अर्ब पैसा फिर्ता नगरेको र अहिले सिभिल सहकारीले पनि सात अर्ब पैसा जनताको डुबाएको भन्दै अझै त्यस्तै खालका नयाँनयाँ सहकारीहरू जन्माउने भन्दै आक्रोश पोखे।

Skip This
Skip This
Logo