ओलीलाई बाबुरामको झटारोः जो चोर उसकै ठूलो स्वर

ओलीलाई बाबुरामको झटारोः जो चोर उसकै ठूलो स्वर

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘जो चोर उसकै ठुलो स्वर’ भनेका छन्।

प्रतिनिधि सभा बैठकमा ओलीको सम्बोधनपछि डा. भट्टराईको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

भट्टराईले ट्वीट गरेका छन्, ‘भर्खरै आफ्नै कूकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो, पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर?’

ओलीले संसदमा सत्तारुढ गठबन्धनले आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमदेखि देउवा नेतृत्वको गठबन्धन सरकार एक महिनासम्म भूमि र सुकुम्बासी आयोग विघटन गरेर बसेको बताए।

यस्तै ओलीले कोभिडविरुद्धको एक करोड खोप विवरण किन नगरेको? एमसीसी परियोजनाबारे प्रस्ताव किन निर्णयार्थ प्रस्तुत नगरेकोलगायत प्रश्न गरेका थिए।

 

Logo