एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन्।
मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा नेता नेपालले उक्त प्रतिवद्धता गरेका हुन्।
कर्णालीका आफूपक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको नेपालले बताए। उनले कर्णालीका नेताहरुको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडि बढ्न पनि आग्रह गरे ।
वरिष्ठ नेता नेपालले आफूहरु कसैको सामु शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । उनले भने, ‘हामी दृढताका साथ अगाडी बढ्छौँ । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर नै तिनलाई माथ गरेर नै अगाडि बढ्नेछौँ ।’































प्रतिक्रिया