लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन जारी छ। तर सत्तापक्ष नै बैठकमा उपस्थित भएको छैन।
आजै संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुने कार्यक्रम थियो तर, अधिवेशनमा मुख्यमन्त्रीसहित कोही सांसदको पनि उपस्थिती छैन।
यता अविश्वासको प्रस्ताव छल्दै मुख्यमन्त्री पोखरेलले आज दिउँसो एक बजे प्रदेश प्रमुख समक्ष राजीनामा दिएका थिए।
सत्तापक्षको अनुपस्थितीसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको आलोचना गरेको छ।
विपक्षी गठबन्धनको तर्फबाट बोल्ने अधिकांश सांसदहरुले मुख्यमन्त्रीसँग जवाफ मागेका छन्।
‘अन्तिम दिन मुख्यमन्त्री शंकर पोखरेले जवाफ नदिई भाग्न मिल्छ’। उनीहरुको प्रश्न छ।
यसैबीच प्रदेश अधिवेशनको आजको बैठक साढे दुई बजे बस्ने गरि स्थगित भएको छ।































प्रतिक्रिया