ओलीलाई बाबुरामकाे व्यंग्य- चिचि पनि पापा पनि खोज्न मिल्छ ?

ओलीलाई बाबुरामकाे व्यंग्य- चिचि पनि पापा पनि खोज्न मिल्छ ?

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सांसदमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाे भाषण र उनी निकटका नेताहरूले परमादेशविरुद्ध बोलेकाे विषयमा व्यंग्य गरेका छन् । 

यसअघि केपी ओलीले सांसदकाे रोस्टमबाट अदालतले गलत गरेकाे र अहिलेकाे सरकार असंबैधानिक सरकार भनेका थिए । उक्त भाषणपछि गठबन्धनका धेरै नेताहरूले आपत्ति जनाइरहेका बेला पूर्वप्रधानमन्त्रीकाे यस्तो व्यांग्या आएकाे हाे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'ओली र ओलीभक्तहरूले सबैतिर जनादेशविरूद्ध परमादेशको रटान गरेको सुनियो। संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंकगणित फेरिदा प्रम फेरिनु स्वाभाविक हैन र? त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊँ न त ! त्यो चाहिँ नमान्ने रे ! चिची पनि पापा पनि खोज्न मिल्छ ?'

Logo