राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता गर्नुपर्ने धारणा राखेकी छन्।
बिहीवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै देवकोटाले विगतको सरकारले नक्शा मात्रै पारित गरेको तर लिम्पियाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कुटनीतिक पहल नगरेकोले भूमि फिर्ता हुन नसकेको भन्दै यो सरकारले भूमि फिर्ता गर्नुपर्ने बताइन्।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपाली भूमि दार्चुला हुँदै मानसरोवर जाने बाटो एकतर्फी हुँदै भारतले निर्माण गरिरहँदा पनि केही नबोलेको बारेमा जनतालाई उत्तर दिनुपर्ने बताए ।































प्रतिक्रिया