कांग्रेसको महाधिवेशनबारे केन्द्रीय कार्य समिति बैठकले सहमतिमा निर्णय गर्ने

कांग्रेसको महाधिवेशनबारे केन्द्रीय कार्य समिति बैठकले सहमतिमा निर्णय गर्ने


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे केन्द्रीय कार्य समितिको बैठकले सहमतिमा निर्णय गर्ने बताएका छन्।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहँदा प्रवक्ता शर्माले पत्रकारहरूसँग पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउन महाधिवेशनबारे सहमतिमा निर्णय गरेर अघि बढिने बताए।

बैठकले यस विषयमा गम्भीर छलफल हुने पनि बताए।

उनका अनुसार बैठकमा क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखक र पार्टी समायोजन समिति संयोजक बिमलेन्द्र निधिले टुंग्याएको र टुङ्ग्याउन बाँकी विषय प्रस्तुत गरेका छन्। 

त्यसबारे पनि छलफल हुने शर्माले बताए।

Logo