राप्रपा अध्यक्ष थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ कृति सार्वजनिक

राप्रपा अध्यक्ष थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ कृति सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेखेको “एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ।

अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेखेका हुन् । पुस्तक बिहीवार एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गरे। 

स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरेका छन् । अध्यक्ष थापाले आफ्ना पिताको जीवनकालमा घटेका घटनाको बारेमा लेखेका छन् । 

पुस्तकमा स्व. छत्रबहादुर थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनशमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायतकालका अनुभवहरु समेटिएको छ।

Logo