नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जारी केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी विषय टुंग्याउनु पर्ने बताएका छन्। नटुंग्याए थप अन्योल हुने उनले बताए।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक जारी रहेकै बेला पत्रकारहरूसँग बोल्दै उनले बैठकले महाधिवेशनलाई मुख्य प्राथमिकता राख्नुपर्ने पनि उल्लेख गरेका छन्।
बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी प्रस्ताव नआएपछि उनको यो अभिव्यक्ति आएको हो।प्रक्रिया छोट्याएर भए पनि २३ भदौसम्ममा महाधिवेशन सक्नुपर्ने उनको भनाइ छ ।
तर, १२ साउनमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको र १३ गते नै महाधिवेशन कार्यतालिका नआएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे।





























प्रतिक्रिया