विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण एमालेले केन्द्रदेखि प्रदेशसम्मका सरकारको नेतृत्वबाट पछि हट्नु परेको बताएका छन्।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पाण्डेले सबै कुरा गुमे पनि ओलीको ढिपी र अहम् नहटेको भन्दै कटाक्ष गरेका हुन्। ओलीको अहमताका कारण उनको पार्टी एमालेलाई प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म क्षति पुगेको उनले बताए।
'एउटा आत्म केन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो, केपी ओली ।' उनले भनेका छन्, 'करिव दुईतिहाइको सरकार गयो। ६ वटा प्रदेश सरकार आफ्नै थियो, गयो। शक्तिशाली कम्युनिस्ट पार्टीको १ नं. को नेता थिए, त्यो गुम्यो।
एमाले नै एक छैन, आफ्नै पार्टी गयो। आफ्नै टिम (गुट)का राम्रो भनिएका नेताहरूको छवि गयो । सबै कुरा गयो, तर ढिपी र अहम् गएन।'





























प्रतिक्रिया