कांग्रेसका निलम्बित सांसद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदै

कांग्रेसका निलम्बित सांसद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। 

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।

उनीविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको अभियोग छ।

०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेशेवर बम बनाउनेहरू ल्याएर बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै ईंट्टाभट्टामा हालेर हत्या गरेको अभियोग छ।

हत्या घटना भएको १३ वर्षपछि उनी गत वर्ष पक्राउ परेका थिए।

Logo