नेपाली कांग्रेसका निलम्बित सांसद् पूर्वमन्त्री अफताव आलम आफूविरूद्ध लागेकाे आराेप बदर गराइपाउँ भन्दै दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ।
उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा परेको थियो। तर उनीहरुले यसलाई हेर्न नमिल्नेमा राखिदिएका हुन्।
यस्ता फौजदारी मुद्दाहरुको हकमा पक्षबाट न्यायाधीशहरूले पहिले नै हेरेको भए स्वच्छ न्याय सम्पादन नहुने हुँदा अदालतले कहिले काहिँ हेर्न नमिल्नेमा राख्ने गरेको छ। आलमको मुद्दामा पनि त्यही हुन सक्ने बरिष्ठ अधिवक्ता नारायण प्रसाईं बताउँछन्।
२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन्।
उनलाई थुन्नु पर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो। त्यही आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन्।





























प्रतिक्रिया