केन्द्रीय सदस्यबाट हट्न तयार छुः नेता चौरसिया

केन्द्रीय सदस्यबाट हट्न तयार छुः नेता चौरसिया

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले केन्द्रीय सदस्य पद त्याग्न तयार रहेको बताएका छन्।

पार्टी शीर्ष नेताहरूका कारण पार्टी पछि पर्ने अवस्था आएको भन्दै उनले केन्द्रीय सदस्य पद त्याग्न तयार रहेको स्पष्ट पारे।

'म पार्टीको केन्द्रीय सदस्य पद त्याग्न तयार छु, हट्न निर्देशन दिनुहोस्, को रहन्छन् रहोस्', जारी केन्द्रीय समिति बैठकमा उनले भने।

पार्टीमा काम गर्नेको मूल्यांकन नभएको उनको गुनासो छ। अवसरहरूमा भागबण्डा गर्दा न्याय गरेको देखिनुपर्ने पनि बताए। माओवादी, जसपाको प्रेसरमा सरकारले काम गर्न नहुने उनको भनाइ छ।

Logo