कांग्रेस केन्द्रीय सदस्य जंगीलाल रायले सभापति शेरबहादुर देउवा तराईमा आए दुई हजार मानिसलाई एकै साथ पार्टी प्रवेश गराउने बताएका छन्।
कांग्रेसमा आएका पूर्वफोरम लोकतान्त्रिक पक्षलाई २५ हजार क्रियाशील सदस्यता दिँदा भएको बिरोधप्रति जवाफ दिँदै उनले मेयरका उम्मेदवारसम्मलाई प्रवेश गराउने बताए।
तर, क्रियाशील सदस्यतामा तराईकै व्यक्तिको नाम दुई, तीन ठाउँमा रहेको दाबी गरे।
यस्तै उनले क्रियाशील सदस्यताले भोट हाल्ने कुरालाई हटाउन माग गरेका छन्।
पार्टी समायोजन गरेपछि पूर्व लोकतान्त्रिक पक्षलाई २५ हजार र राप्रपाबाट आएका सुनीलबहादुर थापा पक्षलाई १० हजार क्रियाशील सदस्यता दिइएको थियो।





























प्रतिक्रिया