आज पनि टुंगिएन कांग्रेस महाधिवेशनको विवादः अर्को बैठक शनिबार बस्ने

आज पनि टुंगिएन कांग्रेस महाधिवेशनको विवादः अर्को बैठक शनिबार बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएसँगै आजको बैठक सकिएको छ। 

देउवा निवास बुढानिलकण्ठमा दुई दिनदेखि जारी बैठक भोलि पनि बस्ने बताइएको छ । आजको बैठकमा पनि महाधिवेशनसँग सम्बन्धित विवाद टुंगिन सकेन । 

आजको नेपाली कांग्रेसका आमन्त्रित २२ जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले आमन्त्रित सदस्यहरूमाथि अपमान गर्ने काम भएको भन्दै राजीनामा दिएका हुन्।

जारी केन्द्रीय समिति बैठकमा उनीहरूले राजीनामा दिएका हुन्। कांग्रेसमा कुल २२ जना आमन्त्रित केन्द्रीय सदस्य रहेकोमा सबैले राजीनामा दिएका हुन्। 

Skip This
Skip This
Logo