नेकपा एमालेका सचिब पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएकाै भन्दै छापिएकाे समाचारमा कुनै सत्यता नभएकाे गुरुङकाे सचिवालयले जनाएकाे छ ।
बिहीबार एक अनलाईनमा ''केपी ओलीले एमालेलाई खरानी पार्ने भए : सचिब पृथ्वी सुब्बा गुरुङ'' शीर्षकमा समाचार छापिएकाे समाचारले एमालेमा थप विभाजन ल्याउन र विवाद समाधान नहोस् भन्ने चाहनाबाट प्रेरित रहेकाे भन्दै आपत्ति जनाएकाे हाे ।
अध्यक्ष ओलीमा बिकसित भएको अहंकार, दम्भ र व्यक्तिबादले पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको भन्दै गुरुङकाे भनाईसहित समाचार प्रकाशित भएकाे थियो । तर उक्त समाचार कनै कुरा तथ्यमा आधारित र सत्यमा आधारित नभएकाे भन्दै पृथ्बीसुब्बा गुरुङकाे सचिवालयले आपत्ति जनाएकाे हाे ।
यस्ताे छ विज्ञप्ति
भ्रममा नपरौं
गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज कमरेड पृथ्वीसुब्बा गुरुङले बताउनुभएको भन्दै इआर्थिक डटकममा आएको समाचारप्रति ध्यानाकर्षण भएको छ । जुन समाचारले धेरैमा भ्रम पर्न गएको छ । समाचार भनेर आएको सामग्री आफैंमा समाचार नभएर कल्पनामा आधारित कथा जस्तो छ । किनभने उक्त अनलाइनमा भनिएको कुनै पनि कुरा तथ्यमा आधारित छैन र सत्यमा आधारित छैन । ‘समाचार’मा भनिएजस्तो कुनै पनि कुरा नेता गुरुङले बोल्नु भएको छैन, भन्नुभएको छैन ।
पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली सबल र सक्षम नेतृत्व भएको दृढ विश्वास गर्ने नेता गुरुङले उहाँको विषयमा कथित समाचारमा उल्लेख गरिएजस्तो नकारात्मक टिप्पणी गर्नुभएको छैन । नेता गुरुङ सबल र सुदृढ एमालेका लागि कटिबद्ध भएर लागिरहनुभएको छ, पार्टीमा पछिल्लो समय उत्पन्न विवाद र विभाजन रोक्न सक्रिय हुनुहुन्छ । त्यही देखेर एमालेमा थप विभाजन ल्याउन र विवाद समाधान नहोस् भन्ने उद्देश्य राखेर उहाँ स्वयं र पार्टी नेतृत्वलाई बदनाम गर्ने मनसायसहित समाचार आएको देखिन्छ । यस्ता नकारात्मक उद्देश्य राखेर लेखिएका समाचारले तत्काललाई भ्रम छर्न खोजेको छ, त्यसमा विश्वास नगर्न सम्बन्धित सबैमा अनुरोध छ ।
विक्रम न्यौपाने
प्रेस संयोजक
पृथ्वीसुब्बा गुरुङ, नेता, प्रमुख प्रतिपक्ष दल, गण्डकी प्रदेश सभा





























प्रतिक्रिया