महाधिवेशन सारिएपछि बोहोराटारमा पौडेल पक्षको भेला सुरु

महाधिवेशन सारिएपछि बोहोराटारमा पौडेल पक्षको भेला सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोहोराटारमा बोलाएको बैठक सुरु भएको छ।

नेता बलबहादुर केसीका अनुसार बैठकमा नेताहरू प्रकाशमान सिंह, डा. शशांक कोइरालालगायत छन्।

उनले महाधिवेशनको मिति सरेपछि के गर्ने भन्नेबारे धारणा बनाउन छलफलमा जुटेको बताए।

कांग्रेस केन्द्रीय समितिको बैठकले अगामी ९ देखि १३ मंसिरमा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्टै पौडेलले आफूपक्षीय नेताहरूलाई छलफलमा डाकेका हुन्।

पौडेल पक्षले नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनलाई अमान्य भनेपछि तीन सदस्यीय कार्यदल पनि गठन गरेको छ।

यसअघि २३ भदौ अगाडि जसरी पनि निर्वाचन हुनुपर्ने पक्षमा पौडल पक्ष थियो। विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकतामाथिको संकट टार्नुपर्ने अडान राखेको थियो। तर, केन्द्रीय समिति बैठकले सहमतिमै मंसिरमा सारेपछि त्यसको तयारीमा जुट्न पौडेलले बैठक डाकेका हुन्। 

Skip This
Skip This
Logo