माओवादी केन्द्रले केन्द्रीय समितिलाई थप समावेशी बनाउने भएको छ।
केन्द्रीय समितिमा युवालाई २० प्रतिशत तथा दलितको १५ प्रतिशत आरक्षण निश्चित गर्ने भएको छ।
महिला सहभागिता पनि बढाउने भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले केन्द्रीय समिति बैठकपछि बताए।
उनका अनुसार माओवादी केन्द्रले जिल्ला कमिटीलाई जिल्ला समन्वय समितिमा रूपान्तरण गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन र समसामयिक प्रस्तावलाई बैठकले संशोधनसहित पास गरेको छ।
बैठकले पुसको ११, १२ र १३ गते केन्द्रीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ।
सर्वहाराको अग्रदस्ता माओवादी हुने र सोहीअनुसार संगठनात्मक संरचना निर्माण गरिने बैठकको निर्णय छ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले चालेको कदम प्रतिगामी भएको पनि माओवादीको ठहर छ।
यस्तै, ‘वाम–लोकतान्त्रिक गठबन्धन’को सहकार्यलाई संविधान र लोकतन्त्रको रक्षार्थ जोगाउने पनि माओवादीले निर्णय गरेको छ।





























प्रतिक्रिया