सरकारले माधवकुमार नेपाल र महन्थ ठाकुरका लागि राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
सरकारले गरेको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले आज नै तोक लगाएर जारी गरेमा आजै माधव नेपाल पक्षले निर्वाचन आयोगमा गएर नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको नेपाल समुहका सांसद मेटमणि चौधरीले बताएका छन् ।
माधव समूहको बैंठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद चौधरीले उक्त जानकारी दिएका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै ओली सहितको एमाले बन्न नसक्ने अवस्थामा पुगेको बताए ।
उनले अब दर्ता हुने पार्टी ओली नेतृत्वको नेकपा एमालेभन्दा पनि शक्तिशाली पार्टी बनाएर जान लागिएको समेत बताउदै भने,‘ओलीले हामीलाई धेरै पटक सांसद पदबाट हटाएकाले अब ओलीले सांसद पद हटाएर केही हुदैन।’
चौधरीले सरकारले आफूहरुका लागि मात्रै भनेर अध्यादेश नल्याइएको बताए । विशेषत महन्थ ठाकुर समूहको बढी दबाबले गर्दा सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ ।





























प्रतिक्रिया