प्रदेश २ का प्रमुख मिश्रले पृथ्वीनारायण शाहको फोटो हटाएपछि कमल थापाले गरे कडा टिप्पणी

प्रदेश २ का प्रमुख मिश्रले पृथ्वीनारायण शाहको फोटो हटाएपछि कमल थापाले गरे कडा टिप्पणी

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले कार्यकक्षको भित्तामा राखिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्।

यसअघिका प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले आफू प्रदेश प्रमुख नियुक्त भएपछि राष्ट्रपति, प्रधानमन्त्रीसहित पृथ्वीनारायण शाहको तस्बिर भित्तामा राखेका थिए।

थापाले पृथ्वीनारायण फोटो राखिएको कार्यकक्षको एउटा तस्बिर र मिश्र प्रदेश प्रमुख नियुक्त भएपछिको पृथ्वीनारायणको फोटो झिकिएको कार्यकक्षको अर्को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। 

पृथ्वी नारायण शाहको तस्बिर हटाइएकोप्रति कडा टिप्पणी गर्दै थापाले लेखेका छन्, ‘राष्ट्र निर्माताको सम्मान गर्न नसक्ने वा नचाहने हीन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन्।’

‘पृथ्वीनारायण शाह, जसले नाम र पहिचान दियो, जसको कारण आज पद प्रतिष्ठा पाएका छन्, त्यो महान व्यक्तित्वप्रति गर्व गर्न नसक्नेहरू कायर र आत्मसमर्पणवादी हुन्,’ उनले लेखेका छन्।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र कुनै एक संस्थासँग जोडेर हेर्न नहुने तर्कसमेत गरेका छन्। 

थापाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः
नेपाल राष्ट्रका निर्माताको सम्मान गर्न नसक्ने वा नचाहने हीन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन्। जसले नेपाली नाम र पहिचान दियो, जसको कारण आज पद प्रतिष्ठा पाएका छन्, त्यो महान व्यक्तित्वप्रति गर्व गर्न नसक्नेहरू कायर, आत्मसमर्पणवादी हुन्। राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र कुनै एक संस्थासँग जोडेर हेर्नु हँदैन।

Skip This
Skip This
Logo