लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

केन्द्रबिन्दु
0
Shares

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई मंगलबार श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

पार्टी एकताका निम्ति उनीहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उनले भने, “अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैं प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।”

अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको बताउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गरे ।

दाहालले वि.सं. २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएको लिएका थिए । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उनको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा आफ्नो जीवनमा उनको योगदानका कारणले आफू यो ठाउँमा आइपुगेको बताए ।

Logo