ओलीले अग्नि सापकोटालाई भने, ‘सभामुख हुनु छ कि छैन?’ (भिडियोसहित)

ओलीले अग्नि सापकोटालाई भने, ‘सभामुख हुनु छ कि छैन?’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा एमालेले आफूहरुले १४ सांसदलाई दल त्यागको कारबाही गरेको तीन दिन बितिसक्दा पनि सभामुखले सूचना प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाएको छ। एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्यागको कारबाही गरेर भदौ १ गते नै जानकारी गराइसके पनि सभामुखले अहिलेसम्म किन सूचना प्रकाशन नगरेको भनी प्रश्न गरेको हो। एमाले अध्यक्ष ओलीले भने कारवाही गरेको सांसदलाई सभामुखले रोकेको भन्दै संसद चलाउनु छ कि छैन, सभामुख हुनु छ कि छैन भन्दै प्रश्न गरेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन्। बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा उनीहरु एउटै मञ्चमा देखिएका हुन। सोहि मञ्चबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन् बित्तिकै मन्त्रिपरिषद् बिस्तार हुने बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई आरोपै आरोप लगाएका छन्। पूर्वनेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका नेपाललाई कम्युनिष्ट आन्दोलन मास्ने नाईकेको उपाधिसमेत थमाएका छन्। नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह समेत गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेस पौडेल पक्षीय जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गरेका छन्। उनीहरुले बिहीबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गरेका हुन। केन्द्रीय कार्यसमितिले भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरे पनि आजसम्म कुन–कुन जिल्लाका कुन–कुन समस्या के–कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्नेबारे अझै सार्वजनिक नगरिएको प्रति उनीहरुले आपत्ति जनाएका हुन्।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। मानवीयताका आधारमा गनी र उनको परिवारलाई स्वागत गरिएको यूएईको विदेश मन्त्रालयले बताएको हो। बुधवार पोस्ट भएको एउटा भिडियो सन्देश मार्फत घानीलेपनि आफू देशबाट नभागेको तर देशलाई दुर्घटनाबाट बचाउन देश छाडेको बताए। घानीले अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको पनि बताए।

Logo