प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् ।

देउवाको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउदै आएका भानुले शनिवार औपचारिक रुपमा नियुक्ति पाएका हुन् । भानु प्रधानमन्त्री देउवाका भतिजा हुन् ।

देउवा यसअघि प्रधानमन्त्री हुँदा पनि भानु नै प्रमुख स्वकीय सचिव रहेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन भने अझै केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुको नियुक्ति भने मन्त्रिपरिषद विस्तारपछि मात्रै हुने जनाइएको छ ।

Skip This
Skip This
Logo