माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धि छलफल सुरु गरेको छ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो। आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘सांगठानिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रिय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो। केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो। शनिबारको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो । र आइतबार विहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिनेछ। 

त्यसको साथसाथै हामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरणदेखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हाम्रो निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकमा एजेन्डा थियो। आइतबार बस्ने बैठकले आवश्यक निर्णय लिनेछ।’

Skip This
Skip This
Logo