राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् ।
पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । उनले बिदेशीको उक्साहटबाट लादिएको प्रणालीभन्दा सम्बर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानुपर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरबशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने विचार राखे।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्बिचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधीन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्धनवाद भएको बताए।
पूर्व प्रहरी उपरीक्षक कुलबहादुर थापा, पूर्व नायब उपरीक्षक मानबहादुर कुँवरसहित हुम्लाबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरुलाई थापाले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरे ।





























प्रतिक्रिया